नियम ५२
व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्रको मान्यता फिर्ता लिन सकिने

(१) नियम ५१ बमोजिम मान्यता दिइएका व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र बाहकले मान्यता
दिंदा तोकेको शर्त तथा गैर सैनिक हवार्य उडान सम्बन्धी प्रचलित ऐन, यस नियमावली, एनेक्स तथा म्यानुअल विपरित हुने गरी व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्रको प्रयोग गरेमा महानिर्देशकले त्यस्तो व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्रको मान्यता
फिर्ता लिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्रको मान्यता फिर्ता लिने आदेश दिनु अघि सम्बन्धित व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र बाहकलाई सफाई पेश गर्न मनासिब माफिकको मौका दिनु पर्नेछ ।